Sajhamanch Archive

‘नेकपाको प्रवक्ता हुँ, गुट वा व्यक्तिको होइन’

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले आफू कुनै गुटको प्रवक्ता नभएको स्पष्टीकरण दिएका छन्।

बबरमहलमा बसेको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटीको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

‘म व्यक्ति र गुटको प्रवक्ता होइन। म नेकपाको प्रवक्ता हुँ’, उनले भने, ‘त्यसैले कुनै गुटको भेलाको निर्णयसँग सम्बन्धित छैन।’ नेकपा फुटको अवस्थामा नभएर एकताबद्ध रहेको उनले बताए। उनले पार्टी पार्टी फुटाउने गतिविधि गर्ने काम भइरहेको बताए।

प्रधानमन्त्री ओली पक्षीय केन्द्रीय कमिटी बैठकले नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रवक्ताबाट नारायणकाजी श्रेष्ठलाई हटाएको थियो।

मंगलबार बालुवाटारमा बसेको ओली पक्षको केन्द्रीय कमिटीको बैठकले प्रवक्ताबाट श्रेष्ठलाई हटाएर प्रदीपकुमार ज्ञवालीलाई जिम्मेवारी दिने निर्णय गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *