Sajhamanch Archive

सुन तोलामा ९०० ले घट्यो

Published: (Updated: ) in अर्थतन्त्र, समाज by .

काठमाडौँ । स्थानीय बजारमा बुधबार पहेँलो धातुको मूल्य प्रतितोला ९०० रुपैयाले ओरालो लागेको छ ।

छापावाला सुन मंगलबार प्रतितोला ९४ हजार ९०० मा कारोवार भएको थियो । बुधबार प्रतितोला ९०० रुपैयाले ओरालो लागी ९४ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुन मंगलबार प्रतितोला ९४ हजार ४०० मा कारोवार भएकामा बुधबार भने प्रतितोला ९३ हजार ५०० मा कारोवार भइरहेको छ ।

यसैगरी चाँदी प्रतितोला ५० रुपैयाले घटेको छ । प्रतितोला एक हजार ३१५ मा मङ्गलबार कारोवार भएको चाँदी बुधबार भने प्रतितोला एक हजार २६५ मा कारोवार भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *