Sajhamanch Archive

बाल संजालको अध्यक्षमा खेमराज

Published: in शिक्षा, समाज by .

८ पुस । झापा । खेमराज चापागाईलाई अध्यक्षमा चयन गर्दै कनकाई नगरस्तरिय बाल संजालको तेश्रो अधिवेशन सम्पन्न भएको छ । जेसिस भवन सुरुङ्गामा बुधबार सम्पन्न तेश्रो अधिवेशनले चापागाईलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । संजालको उपाध्यक्षमा हिमाल थापा मगर, सचिव प्रतिमा आचार्य, सहसचिव सार्थक निरौला, कोषाध्यक्ष प्रिती रिजाल, सदस्यहरुमा अभिषेक मिश्र, अनुप भट्टराई, नविना आचार्यलाई चयन गरेको हो ।

यस्तै सल्लाहकारमा पूर्वअध्यक्षहरु हिमांशु उपे्रती र सारिका गिरीलाई चयन गरेको छ । सो अवसरमा उत्कृष्ट बाल क्लव तथा सहयोगीलाई सम्मान समेत गरिएको छ । हिमांशु उप्रेतीको अध्यक्षतामा सम्पन्न अधिवेशनमा नगर प्रमुख राजेन्द्र पोख्रेल, उपप्रमुख मञ्जु प्रसाई, बालबालिका तथा शिक्षा सञ्चार मञ्च नेपालका संयोजक सरोज पौडेल लगायतले नव गठित संजाललाई शुभकामना दिएका थिए । कार्यक्रमको सहजीकरण सहजकर्ता सुमन ढकालले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *