Sajhamanch Archive

नयाँ कोरोना भाइरस : बेलायतबाट आएकाले १० दिन क्‍वारेन्टाइन बस्‍नैपर्ने

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by .

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालै नयाँ प्रकारको कोरोना भाइरस देखा परेका ठाउँबाट नेपाल आउने नागरिकलाई अनिवार्य १० दिन होटल क्वारेन्टाइनमा बस्न आग्रह गरेको छ।

मन्त्रालयको कोरोना अद्यावधिक विवरणमा बुधबार मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले भाइरस संक्रमण तथा रोकथामका लागि यस्तो अनुरोध गरेका हुन्।

संयुक्त अधिराज्य बेलायतमा हालै नयाँ प्रकारको कोरोना भाइरस देखा परेको जानकारी दिँदै प्रवक्ता गौतमले भने,‘पुस १ गतेदेखि ७ गतेभित्र उक्त मुलकबाट वा उक्त मुलुकको बाटो हुँदै नेपाल प्रवेश गर्नुहुने सम्पूर्ण व्यक्तिहरू अनिवार्य रुपमा १० दिन होटल क्वारेन्टिनमा बस्नुहुन अनुरोध गर्दछौँ।’

नेपाल प्रवेश गरेको मितिले ७ दिनदेखि १० दिनभित्र नजिकै रहेको सरकारी प्रगोगशालामा निःशुल्क आरटि पिसिआर परीक्षण गर्न पनि उनले सुझाव दिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *