Sajhamanch Archive

भारतमा कोरोना संक्रमितको संख्या १ करोड ७५ हजार नाघ्यो

Published: in विश्व समाचार, स्वास्थ्य by .

एजेन्सी । भारतमा कोरोना भाइरस संक्रमितको संख्या १ करोड ७५ हजार नाघेको छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म भारतमा कोरोना संक्रमितको कुल संख्या १ करोड ७५ हजार ११६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा १९ हजार ५५६ संक्रमित थपिएको तथ्यांक छ । सोही अवधीमा ३०१ कोरोना संक्रमितको मृत्यु भएको छ ।

भारतमा कोरोनाका कारण ज्यान जानेको संख्या १ लाख ४६ हजार १११ पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *