Sajhamanch Archive

खैरो हिरोहिनसहित बिर्तामोडबाट तामाङ्ग पक्राउ

Published: (Updated: ) in विविधा by .

बिर्तामोड । विशेष सुराकीका आधारमा खैरो हिरोहिनसहित बिर्तामोडबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

बुधबार दिउँसो बिर्तामोड–५ का संजय तामाङलाई शान्ति टोल क्षेत्रमा मोटरसाइलमा पूर्व तर्फ जाँदैं गर्दा प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले २६ ग्राम हिरोइन बरामत गरेको छ ।

इप्रका अनारमनी र लागुऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाको संयुक्त टोलीले तामाङलाई पक्राउ गरेको झापा प्रहरीका प्रवक्ता राकेश थापाले जानकारी दिए । तामाङले शरिरका विभिन्न भागमा लुकाईछिपाई राखेको अवस्थामा हिरोइन फेला पारेको हो । पक्राउ परेका युवालाई थप अनुसन्धानका लागि इप्रका बिर्तामोडमा राखिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *