Sajhamanch Archive

११ दिनसम्म आन्दोलन गर्दा पनि उखु किसानको माग पूरा भएन

Published: in अर्थतन्त्र, समाज by .

काठमाडौं । उखु किसानले आज (बुधबार) ११ औँ दिन पनि काठमाडौंको माइतीघरमा आन्दोलन गरेका छन् । उखु बेचेको रकम भुक्तानीको माग गर्दै किसानले बुधबार हलो र उखु लिएर माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

गएको मङ्सिर २८ गतेदेखि विभिन्न जिल्लाबाट काठमाडौं आएर सङ्घर्ष गरिरहेका किसानले उखुको पैसा हात नपरेसम्म काठमाडौं नछाड्ने अडान लिएका छन् ।

आफूहरूले झण्डै ९० करोड रुपैयाँ भुक्तानी लिन बाँकी रहेको किसानको भनाइ छ तर उद्योगी र सरकारले भने धेरै रकम भुक्तानी भइसकेको र अब ४० करोड रुपैयाँको हाराहारीमा मात्रै भुक्तानी बाँकी रहेको दाबी गर्दै आएका छन् ।

सरकारले गएको वर्षको माघभित्र नै उखुको रकम दिलाउने गरी उखु किसान र मिल सञ्चालकबीच सम्झौता गराएको थियो । तर एक वर्षसम्म पनि किसानले भुक्तानी नपाएपछि किसानहरू फेरि आन्दोलन गर्न बाध्य भएका हुन् ।

किसानहरूले सरकारसँग पटक–पटक कुराकानी भएको तर उद्योगी र सरकारबीचको मिलेमतोका कारण भुक्तानी पाउन नसकेको बताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *