Sajhamanch Archive

तीन नेपाली खेलाडीले टि१० लिग खेल्ने

Published: in खेलकुद by .

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीले संयुक्त अरव इमिरेट्स (यूएई) मा हुने आगमी संस्करणको टि टेन लिग खेल्ने भएका छन् ।

बुधबार राती सम्पन्न ड्राफ्टमा अलराउन्डर करण केसी, सोमपाल कामी र कुशल मल्ललाई तीन फरक फरक फ्रेन्चाइज टोलीले अनुबन्ध गरेका छन् ।

सोमपाल मराठा अरेवियन्समा अनुबन्ध भएका छन् । टि टेन सोमपालको दोस्रो विदेशी लिग हुने छ । कुशल र करण पहिलो पटक विदेशी लिगमा जोडिएका हुन् ।

१६ वर्षिय युवास्टार कुशल मल्ल टिम आबूधाबीबाट खेल्ने छन् । आबूधाबीमा पारस खड्का इमर्जिङ ट्यालेन्ट मेन्टरको रुपमा छन् । टिम आबूधाबीमा यूर्निभर्सल बोसका नामले परिचित वेस्टइन्डिजका आक्रामक ब्याट्सम्यान क्रिस गेल छन् ।

करण पुणे डेभिल्समा अनुबन्ध भएका छन् । सोमपाल र करण दुबै तीव्र गतिसँगै तल्लोक्रममा आक्रामक ब्याटिङको लागि नेपाली क्रिकेटमा परिचित जोडी हुन् । यी दुई खेलाडी नेपाली क्रिकेटका पहिलो रोजाईका तीव्र गतिका बलर हुन् ।

गत वर्ष पारसले पहिलो पटक टि टेन लिग विदेशी लिगको रुपमा आबूधाबीबाट खेलेका थिए । यस पटक भने पारस फरक भूमिकामा छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *