Sajhamanch Archive

ओली समूहको बैठकमा पुगे बादल

Published: in राजनीति by .

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समूहको बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पुगेका छन् ।

कुनै समूहको बैठकमा नगएका बादल बिहीबार बालुवाटारमा जारी बैठकमा सहभागी भएका हुन् ।

बादललाई ओलीतिर लाग्न नदिन प्रचण्ड र माधव नेपाल समूहले पनि आग्रह गर्दै आएका थिए । तर, अन्ततः बादल ओलीतर्फ लागेका छन् ।

यसअघि नै लेखराज भट्ट, टोपबहादुर रायमाझी र मणि थापा ओली समूहमा लागि सकेका छन् । यो समूहको केन्द्रीय कमिटी बैठक बालुवाटारमा शुरु हुन लागेको छ ।

पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक पनि बबरमहलमा दुई बजे बस्दैछ ।
                                                                                                                      अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *