Sajhamanch Archive

सभामुखलाई संसद बैठक बोलाउन जनता सामाजवादी पार्टीको आग्रह

Published: in राजनीति by .

काठमाडौं । जनता समाजवादी पार्टीले संसद विघटन नभएको भन्दै बैठक आह्वान गर्न सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेको छ ।

बिहीबार जसपाका नेताहरुले सभामुख सापकोटालाई भेटी प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार संविधानले नदिएको र संसद जीवित रहेको भन्दै बैठक आह्वान गर्न आग्रह गरेका हुन् ।

भेटपछि नेता लक्ष्मणलाल कर्णले भने ‘हामीले सभामुखलाई सार्वभौम संसद बोलाउन हामीले आग्रह गर्‍यौं । सभामुखले हाम्रो कुरा सुन्नुभयो र सबै दलसँग आफ्नो भूमिकाबारे छलफल गर्ने जवाफ दिनुभयो ।’

भेटमा जसपा संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव, लक्ष्मणलाल कर्ण सहभागी थिए ।
                                                                                                                       अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *