Sajhamanch Archive

ओली समूहद्वारा प्रचण्डलाई कारबाही,खोसियो कार्यकारी अध्यक्ष

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कारबाही गरेको छ । बालुवाटारमा बसेको ओली पक्षको केन्द्रीय कमिटीको बैठकले अध्यक्ष दाहाललाई कारबाही गरेको हो ।

बैठकले अध्यक्ष दाहालको कार्यकारी अध्यक्ष पदसमेत खोसेको छ। प्रचण्डलाई कारबाही गरेर ओलीको मात्र हस्ताक्षर चल्ने निर्णय गरेको छ ।

यसअघि अध्यक्ष दाहाल पक्षको बैठकले प्रधानमन्त्री ओलीलाई कारबाही गरेर अध्यक्ष पदबाट हटाएर अर्को अध्यक्षमा वरिष्ठ नेता माधवकुमार नेपाललाई ल्याएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *