Sajhamanch Archive

झापामा थप २२ जनामा कोरोना संक्रमण

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by .

झापा । झापामा आज थप २२ जना कोरोना संक्रमित थपिएका छन् । जसमा ९ महिला र १३ जना पुरुष रहेका छन् ।

संक्रमित हुनेहरुमा दमक नगरपालिकामा ७ महिलासहित १६ जना, गौरादह नगरपालिकामा २ जना पुरुष, भद्रपुर नगरपालिकामा १ जना पुरुष र झापा गाउँपालिकामा २ महिलासहित ३ जना संक्रमित रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।

यस्तै झापामा आज कोरोना संक्रमणबाट एकजनाको मृत्यु भएको छ । जसमा कमल गाउँपालिका वडा नं.२ का ७५ वर्षीय पुरुष रहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *