Sajhamanch Archive

पुस १४ गतेदेखि सवारी लाइसेन्सको अनलाइन आवेदन खुल्ने

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडौं । बन्द रहेको सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन आवदेन पुस १४ गतेदेखि खुल्ने भएको छ ।

गत चैत ११ देखि बन्द रहेको सवारी लाइसेन्स वितरणका लागि आवेदन, लिखित परीक्षा र ट्रायल नौ महिनापछि खुला गर्ने निर्णय भएको हो ।

यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुसालका अनुसार कोरोना भाइरस (कोभिड-१९) विरुद्ध स्वास्थ्य मन्त्रालयले तयार पारेको प्रोटोकल पालना गर्ने गरी नयाँ लाइसेन्सको परीक्षा र वर्ग थपको प्रक्रिया खुला गर्न लागिएको हो ।

अब प्रदेश सरकारहरुले आफ्ना यातायात कार्यालयमार्फत नयाँ लाइसेन्स वितरण गर्न पाउनेछन् । अहिले नयाँ लाइसेन्स लिने वा वर्ग थप गर्न चाहनेहरुको संख्या उल्लेख्य छ ।

सबै प्रदेशबाट लाइसेन्सको परीक्षा खुलाउने निर्णय गरेको जानकारी आएपछि विभागले लाइसेन्सको आवेदनका लागि प्रणाली खुला गर्न लागेको हो ।

                                                                                                                 अनलाइनखबरबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *