Sajhamanch Archive

आत्मनिर्भर महिला सहकारी संस्थाको नवौं साधारणसभा सम्पन्न

Published: (Updated: ) in मुख्य समाचार, समाज, सहकारी by .

बिर्तामोड । बिर्तामोडस्थित आत्मनिर्भर महिला बचत तथा ऋण सहकारी संस्थाको नवौं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ ।

प्रदेश नं.१ का सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरको प्रमुख आतिथ्यमा भएको साधारणसभामा संस्थाका अध्यक्ष पवित्रा महतारा प्रसाईंले वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

प्रतिवेदनमा संस्थाले गत आर्थिक वर्षमा ५० लाख ६९ हजार ४३४ रुपैयाँको खुद नाफा गरेको उल्लेख छ ।

१ हजार २ सय १५ शेयर सदस्य रहेको संस्थाको हालको शेयर पुँजी ७९ लाख ८१ हजार रहेको छ । संस्थाले अनिवार्य बचत, ऐच्छिक बचत, पर्व बचत, ज्येष्ठ नागरिक बचत, आवधिक बचत, बाल बचत लगायतका खाताहरु सञ्चालन गरेको उनले बताइन् ।

उक्त कार्यक्रममा उत्कृष्ट ऋणी,असल बचतकर्ता र ज्येष्ठ शेयर सदस्यलाई सम्मान गरिएको थियो, यसरी सम्मानित हुनेमा उत्कृष्ट ऋणी तर्फ तारादेवी राजवंशी, असल बचतकर्ता तर्फ अम्बिका धिमाल र ज्येष्ठ शेयर सदस्य तर्फबाट भागिरथा खड्का रहेका छन् ।

सो अवसरमा मन्तव्य राख्दै प्रमुख अतिथि गजमेरले संस्थाका महिला शेयर सदस्यको लगनशीलतले आत्मनिर्भर झापा जिल्लाभरीका महिला सहकारी मध्ये उत्कृष्ट भएको जिकिर गरिन् ।

संविधानले सहकारीलाई तीन खम्बे अर्थनीतिका रुपमा आत्मसात गरेको छ । सोही अनुरुप सहकारी संस्थाहरु राष्ट्रिय अर्थतन्त्रको एउटा सवल स्तम्भका रुपमा परिचय दिन सफल भएको उनले बताइन् ।

उक्त कार्यक्रममा बिर्तामोड नगरपालिकाका सहकारी अधिकृत डिल्ली दाहाल,मनमोहन मेमोरियल सामुदायिक अस्पतालका कोषाध्यक्ष ज्ञानुराम प्रसाईं, मिलनसार सहकारी संस्थाका अध्यक्ष लक्ष्मी बास्कोटा लगायतले आ-आफना धारणा राखेका थिए ।

संस्थाका कोषाध्यक्ष चन्द्रदेवी सेढाईले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव पुष्पा दाहालले गरेकी थिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *