Sajhamanch Archive

भट्टराई कुल वंशको सामूहिक कुल पूजा सम्पन्न

Published: in विविधा by .

भद्रपुर । भट्टराई कुल वंश प्रतिष्ठान भद्रपुर नगर समितिले सामूहिक कुल पूजा तथा वंश भेला सम्पन्न गरेको छ । प्रतिष्ठानका नगर अध्यक्ष चेतनाथ भट्टराईको घरमा जेष्ठ सदस्य माहानन्द भट्टराईको प्रमुख आतिथ्यमा भेला सम्पन्न भएको हो ।

कार्यक्रममा भद्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमनाथ भट्टराई, भट्टराई कुल वंश प्रतिष्ठानकी केन्द्रीय सदस्य गोमा भट्टराई, पूर्व केन्द्रीय सदस्य अरूण भट्टराई, जिल्ला सदस्य शशिकुमार भट्टराई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कोभिड १९ का कारण कार्यक्रममा विगत वर्षहरू जस्तो सम्मान तथा पुरस्कार भने बाँड्न नसकिएको नगर अध्यक्ष चेतनाथ भट्टराईले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *