Sajhamanch Archive

‘मैले श्रीमानको हत्या गरें’ भन्दै आफै प्रहरी चौकीमा

Published: (Updated: ) in विविधा by .

रुकुम । रुकुमकी एक महिला ‘मैले श्रीमानको हत्या गरें’ भन्दै आफै प्रहरी चौकी पुगेकी छिन् ।

रुकुमको मुसिकोट नगरपालिका– ८ घोरखानी, किटेनीकी ५० वर्षीया डल्ली बुढा आफैले श्रीमानको हत्या गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा पुगेकी हुन् । उनले घरायसी विवादमा धारिलो चक्कु हानेर श्रीमान् चित्रबहादुर थापाको हत्या गरेको प्रारम्भिक बयान दिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले जानकारी दिएका छन् ।

आइतबार बिहान ४ बजेको समयमा हत्या गरेर बेलुकी सवा ५ बजेतिर ‘मैले श्रीमानको हत्या गरें’ भन्दै आफै कार्यालयमा आएको डिएसपी केसीले जानकारी दिए । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक कपिल शाहीको नेतृत्वमा प्रहरी टोली घटनास्थल गएको थियो ।

प्रहरी घटनास्थल पुग्दा चित्रबहादुरको शव उनकै घरभित्र भेटिएको केसीले जानकारी दिए । श्रीमती डल्लीलाई नियन्त्रणमा लिएर कानुनी प्रक्रिया थालिएको र शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्लेमा राखिएको प्रहरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *