Sajhamanch Archive

साहित्यकार ढुंगेलको देश र आमा विमोचन

Published: (Updated: ) in समाज, साहित्य by .

बिर्तामोड । साहित्यकार , गीतकार तथा मोडल भगवती ढुंगेलको चौथो कृति कविता तथा गीति संग्रह देश र आमा विमोचन गरिएको छ । झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रमका बीच उक्त कृति विमोचन गरिएको छ ।

मातृकला साहित्य आश्रम मेचीनगरको आयोजना तथा सरगम संगीतालय बिर्तामोडको सह आयोजनामा भएको कार्यक्रममा उक्त कृतिको बिमोचन गरिएको थियो।

मातृकला साहित्य आश्रम मेचीनगरका अध्यक्ष मातृकाप्रसाद संग्रौलाको अध्यक्षता तथा प्रा.डा. टंक न्यौपानेको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा सरगम संगीतालय बिर्तामोडका प्रवन्धनिर्देशक दिपक रायमाझीले स्वागत गरेका थिए ।

कार्यक्रममा प्रा.डा. टंक न्यौपाने , प्राज्ञ सभा सदस्य सुभद्रा भट्टराई, साहित्यकारहरु कोमलप्रसाद पोखरेल , पुण्यप्रसाद खरेल , राजेन्द्र संग्रौला , देवीभक्त श्रेष्ठ , शिवशंकर थापा , प्रेमप्रकाश फलाहारी, देवी संग्रौलालगायतले कविता तथा गीति संग्रह देश र आमाको विमोचन गरेका थिए ।

कार्यक्रममा साहित्यकार , गीतकार तथा मोडल भगवती ढुंगेलले आफ्नो चौथो कृतिको रुपमा कविता तथा गीति संग्रह देश र आमाको विमोचन गरिएको बताइन् । उनले कविता तथा गितको माध्यमबाट देश र आमाको महत्व दर्शाएको बताइन् ।

कार्यक्रममा देवी संग्रौलाले पुस्तकको समिक्षा गरेका थिए भने प्राज्ञ सभा सदस्य सुभद्रा भट्टराईले साहित्यकार , गीतकार तथा मोडल भगवती ढुंगेलले साहित्यिक कृति प्रकाशन गरेर साहित्यको क्षेत्रमा एउटा इँटा थपेको बताइन् ।

कार्यक्रममा साहित्यकार विनोद खनाल , विद्या निर्दोशी , अम्बिका घिमिरे ,युवा वैज्ञानिक शिवराज लिम्वू , चर्चित लोकदोहोरी गायिका कल्पना दाहाल , नेपाल लोकदोहोरी प्रतिष्ठान झापाका अध्यक्ष तथा लोकदोहोरी गायक अच्युत दाहाललाई सम्मान गरिएको थियो । सोही कार्यक्रममा मृगौला पीडित वरिष्ठ वाद्यवादक फूर्वा योञ्जनलाई स्थानीय रामप्रसाद मैनालीले दश हजार रुपैयाँ प्रदान गरेका थिए ।
उक्त रकम साहित्य चौतारी झापाका संस्थापक÷संरक्षक देवीभक्त श्रेष्ठ , संस्थापक अध्यक्ष शिवशंकर थापा, सरगम संगीतालय बिर्तामोडका प्रवन्ध निर्देशक दिपक रायमाझीलाई हस्तान्तरण गरिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *