Sajhamanch Archive

पब्लिक स्पीकर प्रसाईलाई झापामा नागरिक अभिनन्दन

Published: in विविधा, समाज by .

बिर्तामोड । पब्लिक स्पीकर रमेश प्रसाईलाई झापाको बिर्तामोडमा नागरिक अभिनन्दन गरिएको छ ।

झापाको बिर्तामोड –१ देवी पञ्चकन्या उत्तरमा निर्माण भइरहेको बहुभाषी, बहुजाती, बहुसाँस्कृतिक संग्रहालयसहितको झापा नाटकघरमा आयोजित कार्यक्रममा क्षितिज नाट्य समूह झापाको अगुवाईमा झापाली कलाकारहरुको तर्फबाट पब्लिक स्पीकर प्रसाईलाई नागरिक अभिनन्दन गरिएको हो ।
झापाका प्रसाईले वक्तृत्वको माध्यमद्वारा समाज रुपान्तरणमा पुर्याएको योगदानको कदर गर्दै नागरिक अभिनन्दन गरिएको बताइएको छ ।

झापा नाटकघर निर्माण व्यवस्थापन समितिका संयोजक ज्ञानुराम प्रसाईको अध्यक्षता तथा प्रदेश साँसद जसमाया गजमेरको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सहसंयोजक कुमार भट्टराईले स्वागत गरेका थिए ।

क्षितिज संगीत साधना प्रतिष्ठान झापाका कलाकारहरुले स्वागत गित प्रस्तुत गरेको कार्यक्रममा प्रमुख अतिथि प्रदेश साँसद गजमेरले दान पेटीकामा एक हजार एक रुपैयाँ हालेर कार्यक्रमको उद्घाटन गरेकी थिइन् ।

कार्यक्रममा क्षितिज नाट्य समूह झापाको अगुवाईमा तीन दर्जन भन्दा वढी सामाजिक संघसंस्थाले पब्लिक स्पीकर प्रसाईलाई कदर पत्र, नेपाली टोपी, खाद , दोसल्ला र नगद प्रदान गरेर अभिनन्दन गरेका थिए । कार्यक्रम अघि पब्लिक स्पीकर प्रसाईलाई नौमती वाजा, च्याव्रुङ वाजागाजासहित नेवारी, लिम्वू, सन्थाल, राजवंशी, तमुलगायतका विभिन्न परम्परागत साँस्कृतिक भेषभुसामा सजिएका झापालीहरुले स्कटिङ गरी झापा नाटकघरमा भित्र्याएका थिए ।

सोही कार्यक्रममा मंगलबार गठन गरिएको क्षितिज संगीत साधना प्रतिष्ठानका नवनिर्वाचित पदाधिकारीहरुलाई पद तथा गोपनियताको शपथ ग्रहण गराइएको थियो ।

कार्यक्रममा निर्वाचन अधिकृत नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरीले क्षितिज संगीत साधना प्रतिष्ठानका अध्यक्ष निरज पोखरेल लगायतका नवनिर्वाचित पदाधिकारीहरुलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनुका साथै निर्वाचित प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रदेश साँसद झलकसिंह दर्लामी , बिर्तामोड नगरपालिकाकी उपमेयर पवित्रा महतारा प्रसाई., कनकाई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेल जलकुमार गुरुङलगायतले शुभकामना दिएको कार्यक्रममा सांगितीक प्रस्तुती गरिएको थियो ।

कार्यक्रमको सञ्चालन क्षितिज नाट्य समूह झापाका अध्यक्ष माधव कल्पितले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *