Sajhamanch Archive

राष्ट्रिय सहकारी बैंकको शाखा धुलाबारीमा

Published: (Updated: ) in अर्थतन्त्र, लोकप्रिय by .

मेचीनगर । राष्ट्रिय सहकारी बैंक लिमिटेडले झापाको धुलाबारीमा ५८ औँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखा कार्यालयको आज मेचीनगर नगरपालिकाका नगरप्रमुख विमल आचार्य र नगर उपप्रमुख मिना पोखरेल उप्रेतीले उद्घाटन गरेका हुन् ।

राष्ट्रिय सहकारी बैंकलाई यो वर्ष थप २४ वटा शाखा विस्तारको लागि नेपाल राष्ट्र बैंकले स्वीकृति दिए बमोजिम प्रदेश नं.१ को झापाको धुलाबारीमा शाखा विस्तार गरिएको हो ।

राष्ट्रिय सहकारी बैंक सञ्चालक समितिका अध्यक्ष के.वी. उप्रेतीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा सञ्चालक समिति सदस्य विजया धिताल, महेन्द्रकुमार गिरी, अमृता सुब्बा लगायतको उपस्थिति रहेको थियो ।

सो कार्यक्रममा मेचीनगर नगरपालिका नगर उपप्रमुख उप्रेती, नेफ्स्कुनका केन्द्रीय सदस्य घनश्याम अधिकारी लगायतले आ-आफना धारणा राखेका थिए ।

उक्त अवसरमा प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंले बैंकको पछिल्लो अवस्थाका बारेमा संक्षिप्त जानकारी गराएका थिए ।

लेखा समिति संयोजक लक्ष्मीप्रसाद उप्रेतीले मन्तव्यबाट स्वागत गरेको उद्घाटन समारोहको सञ्चालन धुलाबारी कार्यालय प्रमुख मुना घिमिरेले गरेकी थिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *