Sajhamanch Archive

अमेरिकामा खुलेको सुहानाको सुन्दरता

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन by .

अभिनेत्री तथा निर्देशक झरना थापाकी छोरी सुहाना थापाले पहिलो फिल्मबाटै आफूलाई युवापुस्ताको ठूलो समुहमा चिनाएकी छन् । फिल्म ‘ए मेरो हजुर ३’ बाट अभिनय करिअर सुरु गरेकी उनको यो फिल्ममा अभिनय, डाइलग डेलिभरी, एक्सप्रेसन, नृत्य र सुन्दरताको निकै प्रशंसा भएको थियो । आफ्नो शरीरमा ‘फिल्मी ब्लड’ रहेको उनले पहिलो फिल्मबाटै प्रमाणित गरेकी थिइन् ।

‘ए मेरो हजुर ३’ बक्सअफिसमा सुपरहिट सावित गरेपछि उनलाई बाहिरी ब्यानरबाट फिल्म प्रस्तावको ओइरो लागेको छ । तर, उनका पिताले अध्ययनको कारण देखाउँदै छोरीलाई बाहिरी ब्यानरको फिल्म गर्न दिएका छैनन् ।

फिल्ममा प्रवेश गर्नुभन्दा अगाडि सुहाना अमेरिकामा अध्ययन गरिरहेकी थिइन् । उनको अध्ययन अझै पूरा भएको छैन । यही शिलशिलामा उनी गएको हप्ता माता र पितासँग अमेरिका उडेकी थिइन् । त्यहाँ उनीहरुको बसाई एक महिनाको हुने जानकारी प्राप्त छ । फिल्म ‘ए मेरो हजुर ४’ को छायांकन २ महिनाका लागि स्थगन गरेर थापा परिवार अमेरिका प्रस्थान गएका हुन् ।

यसबीच, झरना थापाले छोरीको अमेरिका घुमघामका तस्विरहरु सामाजिक सञ्जालमा शेयर गरेकी छन् । तस्विरमा सुहानाको सुन्दरता निकै खुलेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *