Sajhamanch Archive

भोलिदेखि अनलाइन श्रम स्वीकृति खुल्ने

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । वैदेशिक रोजगार विभागले भोलिदेखि अनलाइन माध्यमबाट पुनः श्रम स्वीकृति दिने भएको छ ।

वैदेशिक रोजगार विभागले एक सूचना जारी गर्दै अनलाईन प्रणालीबाट पुन : श्रम स्वीकृतिको कार्य शुक्रबारबाट खुला गर्ने जानकारी दिएको हो।

‘श्रम स्वीकृति लिन चाहने बैदैशिक रोजगारीमा कार्यरत नेपाली नागरिकहरुले म्यादी जीवन बीमा र कल्याणकारी कोषको रकम भुक्तानी गरी अनलाईन माध्यमबाट नै श्रम स्वीकृतिको आवेदन दिई श्रम स्वीकृति प्राप्त गर्न सकिने गरी अनलाईन प्रणालीबाट पुन: श्रम स्वीकृतिको कार्य १७ गतेबाट सूचारु हुने छ।’ सूचनामा भनिएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *