Sajhamanch Archive

झापामा १३ जनामा कोरोना संक्रमण

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by .

झापा । झापामा आज थप १३ जना कोरोना संक्रमित थपिएका छन् । जसमा ३ जना महिला र १० जना पुरुष रहेका छन् ।

संक्रमित हुनेहरुमा बिर्तामोड नगरपालिकामा १ महिलासहित ४ जना, गौरादह नगरपालिकामा १ महिलासहित २ जना र कमल गाउँपालिकामा १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै कनकाई नगरपालिकामा १ महिलासहित ३ जना, गौरीगञ्ज गाउँपालिकामा १ जना पुरुष र शिवसताक्षी नगरपालिकामा १ जना पुरुष संक्रमित भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।

झापामा हालसम्म कोरोना संक्रमणबाट १३१ जनाको मृत्यु भइसकेको छ भने निको भएर घर फर्किने ४ हजार २११ जना रहेको चौलागाईले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *