Sajhamanch Archive

नेबिसंघ झापाले मनायो राष्ट्रिय एकता तथा मेलमिलाप दिवस बाल आश्रममा

Published: (Updated: ) in राजनीति, लोकप्रिय, समाज by .

मेचीनगर । नेपाल विद्यार्थी संघ झापाले ४५ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा अनाथ बालबालिकालाई सहयोग गरेको छ ।

झापाको मेचीनगर नगरपालिका वडा नं.९ मागुरमाडीमा अवस्थित स्वबोध साधना केन्द्र (बालआश्रम) मा पुगेर आज बालबालिकाहरुलाई खाद्यान्न र शैक्षिक सामाग्री हस्तान्तरण गरिएको हो ।

नेबिसंघ झापाका प्रवक्ता सञ्जय निरौलको नेतृत्वमा भएको सहयोग कार्यक्रममा नेबिसंघ झापाका सह-सचिवद्वय सुरज सुवेदी र मिलन चापागाईं, नेबिसंघ मेचीनगर नगर सदस्य लक्ष्मण विष्ट, नेबिसंघ एमेटी कलेज इकाई सभापति विपीन गिरी र मेचीनगर तरुण दलका नेता विक्रम रिजाल लगायतको उपस्थिति रहेको थियो ।

पार्टीको केन्द्रीय समितिको निर्देशन बमोजीम बालबालिकालाई केही भए पनि सहयोग मिलोस भन्ने उद्धेश्यले बी.पी कोइराला लगायतका नेताहरुलाई स्मरण गर्दै खाद्यान्न र शैक्षिक सामाग्री सहयोग गरिएको नेबिसंघ झापा जिल्ला सभापति राजेन्द्र उप्रेतीले जानकारी दिए ।

कार्यक्रमलाई सफल बनाउन अनुप सिलवाल, तुलसी निरौला, लिला उप्रेती र दावा शेर्पाले विशेष सहयोग गरेका थिए ।

वि.सं.२०३३ साल पुस १६ गते नेपाली कांग्रेसका संस्थापक वीपी कोइरालासहितका नेताहरु आठ वर्षे निर्वासित जीवन बिताएर यसै दिन स्वदेश फर्केको सम्झनामा हरेक वर्ष मेलमिलाप दिवस मनाउँदै आएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *