Sajhamanch Archive

राष्ट्रिय सभाको अर्को बैठक पुस २३ मा बस्ने

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । राष्ट्रिय सभाको अर्को बैठक पुस २३ गते बस्ने भएको छ ।

अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्को बैठक पुस २३ गते बिहीबार दिउँसो १ बजे बस्ने गरी बोलाएका छन् ।

आज बसेको बैठकमा नेकपा, नेपाली कांग्रेस र जनता समाजवादी दलका नेताहरूले दलका तर्फबाट धारणा राखेका थिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा भंग गरेको विषयमा दलका नेताहरूले विरोध गरेका छन् ।

नेकपाका सांसद दिनानाथ शर्मा, कांग्रेस सांसद जितेन्द्रनारायण देव र जसपा सांसद प्रमिला कुमारीले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी रहेको भन्दै विरोध गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *