Sajhamanch Archive

युनियन लाइफ इन्स्योरेन्सद्वारा फुयाललाई एमडिआरटी सम्मान

Published: (Updated: ) in अर्थतन्त्र, लोकप्रिय by .

मेचीनगर । युनियन लाइफ इन्स्योरेन्स कम्पनी भद्रपुर शाखाले नेपालको पहिलो एकदिने एमडिआरटी सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

कम्पनीले होटेल मेची क्राउन धुलाबारीको सभाहलमा शुक्रवार एक कार्यक्रमको आयोजना गरी बिर्तामोड नगरपालिका निवासी बिमला फुयाललाई एमडिआरटी सम्मान गरेको हो ।

कोभिड-१९ को यस विषम परिस्थतीमा पनि एकैदिनमा मिलियन डलर राउन्ड टेबलको सदस्य बनेको अवसरमा कम्पनीले फुयाललाई एमडिआरटी सम्मान गरेको छ ।

कम्पनीका प्रदेश प्रमुख भूपराज पराजुलीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जुनियर एमडिआरटी जेनिस पाठक, एमडिआरटी भिमार्जुन ओली, मुक्ति उपाध्याय निरौला, सन्तोष पाठक लगायतको उपस्थिति रहेको थियो ।

सो अवसरमा एमडिआरटी बन्न सफल बिमलाले आफू चाँडै नै कम्पनीको सिवोटी र टिवोटी बन्ने प्रतिवद्धता व्यक्त गरिन् ।

उक्त अवसरमा कार्यक्रमका प्रमुख अतिथि कम्पनीका प्रदेश प्रमुख पराजुली, गन्तव्य टेक्निकलका प्रोपाइटर सुवास भण्डारी, दिलिप सुब्बा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कम्पनीका एजेन्सी मेनेजर विनम लिम्बूले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन भद्रपुर शाखा प्रमुख नीरज निरौलाले गरेका थिए ।

युनियन लाइफ इन्स्योरेन्स कम्पनी छोटो समयमा नै लगातार आर्थिक कारोवार, मुनाफा र उत्कृष्टताको आधारमा यस वर्ष नेपालकै दोश्रो उत्कृष्ट इन्स्योरेन्स कम्पनी बन्न सफल भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *