Sajhamanch Archive

मौसम पूर्वानुमानः हिमपात र वर्षाको सम्भावना

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ ।

महाशाखाले देशमा पश्चिमी वायुको प्रभाव रहेकाले हाल देशको पहाडी भूभागमा मौसम सामान्यतया सफा रहेको र तराईका केहि स्थानमा हुसु र कुहिरो लागेको जनाएको छ ।

यसैगरी महाशाखाले आज दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भूभागमा आंशिक बदली रहने जनाएको छ ।

त्यस्तै, आज दिउँसो सुदूरपश्चिम प्रदेश तथा कर्णालीका उच्च हिमाली भूभागमा हल्का हिमपात तथा सुदुर पश्चिम र कर्णाली प्रदेशका एक/दुई स्थानमा हल्का बर्षाको समेत सम्भावना रहेको महाशाखाले पूर्वानुमानमा उल्लेख गरेको छ ।

यस्तै, राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । यता, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च हिमाली भू भागमा हल्का हिमपातको सम्भावना रहेको छ साथै सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका एक/दुई स्थानमा हल्का बर्षाको समेत सम्भावना रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *