Sajhamanch Archive

मिस झापा च्याम्पको उपाधि अम्लेङसा लिम्बूलाई

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन, लोकप्रिय by .

बिर्तामोड । झापा झिलझिलेकी अम्लेङसा लिम्बूले मिस झापा च्याम्पको उपाधि जितेकी छन् ।

जोइन्ट ब्रर्दश इन्टरटेनमेन्ट एण्ड मिडिया कम्पनीको आयोजनामा झापाको बिर्तामोडमा शनिबार राती सम्पन्न प्रतियोगितामा सातजना प्रतिस्पर्धीलाई पछि पार्दै लिम्बूले मिस झापा च्याम्पको ताज पहिरिएकी हुन् । मिस झापा च्याम्पको उपाधिसँगै लिम्बूले बिउटी हुथ पोज, मिस टेलेन्ट र भ्युवर च्वाइजको उपाधि समेत हात पारिन् ।

त्यस्तै प्रतियोगिताको फस्ट रनरअप र मिस वेष्ट वर्कको उपाधि धुलाबारीकी सुनिमा गौतमले प्राप्त गरिन् भने सेकेण्ड रनरअप र मिस फोटोजेनीको उपाधि बाह्रदशीकी सविना श्रेष्ठले हात पारिन् ।

त्यसैगरी मिस टेलेन्ट र मिस मल्टिमिडिया रोजिना बस्नेत, मिस इन्टलेक्चल र मिस फिटनेस स्वेता सुवेदी, मिस वेष्ट पर्सनालिटी झरना ढकाल, मिस डिसिप्लेन मनिषा गुरुङ, मिस पङच्वलीटि र मिस अरगनाइजर च्वाइज दिक्षा सिटौला घोषित भए ।

प्रतियोगिताको निर्णायकहरुमा सुशिल सुवेक्षा, उषा श्रेष्ठ, सुमन शर्मा जमरकटेल, सलु कोइराला र जोन शर्मा रहेका थिए । उक्त प्रतियोगिताको कोरियोग्राफर बबिता आचार्यले गरेकी थिइन् ।

कम्पनीका अध्यक्ष राजिव न्यौपानेको अध्यक्षतामा भएको फाइनल प्रतियोगिताको प्रमुख अतिथि मिस्टर आइकन वल्र्ड नेपाल २०१९ का विजेता अमरसिंह ल्यो मगर रहेका थिए ।

कम्पनीका डाइरेक्टर उत्सव भट्टराईले मन्तव्यबाट स्वागत गरेको पाइनल कार्यक्रमको सञ्चालन रोशनी कार्की र भुवन दाहालले संयुक्त रुपमा गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *