Sajhamanch Archive

रियल मड्रिड शीर्ष स्थानमा उक्लियो

Published: (Updated: ) in खेलकुद by .

एजेन्सी । सेल्टाभिगोलाई पराजित गर्दै रियल मड्रिड स्पानिस ला लिगाको शीर्ष स्थानमा उक्लेको छ । शनिबार राति घरेलु मैदानमा भएको खेलमा रियलले सेल्टाभिगोलाई २-० ले पराजित गरेको हो ।

जितपछि रियलले सहरी प्रतिद्वन्दी एट्लेटिको मड्रिडलाई १ अंकले पछि पारेको छ ।

सान्टियागो बर्नाब्उमा रियलललाई जिताउन खेलको छैटौं मिनेटमा लुकास भजक्वज र ५३औं मिनेटमा मार्को असेन्सिओले गोल गरेका थिए । भजक्जलाई असेन्सिओ र असेन्सिओलाई भज्केजले गोलका लागि असिस्ट गरे ।

रियल १७ खेलबाट ३६ अंक जोड्दै शीर्ष स्थानमा उक्लेको हो । एद्यपी एट्लेटिकोले १४ खेल मात्र खेलेको छ र ३५ अंकसहित दोस्रो स्थानमा छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *