संवैधानिक निकायका रिक्त पदमा नियुक्ति प्रक्रिया शुरु
Published: (Updated: )
by .काठमाडौं । संवैधानिक परिषदले संवैधानिक निकायका रिक्त पदहरूमा नियुक्ति प्रक्रिया शुरु गरेको छ । परिषदले विभिन्न ८ संवैधानिक आयोगमा रिक्त अध्यक्ष तथा सदस्य खुला प्रतिष्पर्धाबाट नियुक्ति गर्न प्रक्रिया शुरु गरेको हो ।
८ संवैधानिक निकायमा अध्यक्ष र सदस्य गरी ४० जना आवश्यक छ । परिषद सचिवालयले रिक्त सबै पदहरू पूर्तिका लागि मंगलबार सूचना प्रकाशित गरेको छ । योग्यता पुगेका उम्मेदवारहरुलाई आवेदनका लागि परिषद् सचिवालयले सात दिनको म्याद दिएको छ ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेसी आयोग, थारु आयोग र मुस्लिम आयोगमा नियुक्ति गर्न प्रक्रिया शुरु भएको हो ।
Comments