Sajhamanch Archive

४२१ जनामा कोरोना संक्रमण

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

झापा । पछिल्लो २४ घण्टामा थप ४२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ५८०० नमुना परीक्षण गर्दा १७५ महिला र २४६ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या २ लाख ६१ हजार ८५९ पुगेको छ ।

त्यसैगरी २४ घण्टामा ६३७ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । यो सँगै निको हुनेको संख्या २ लाख ५४ हजार ४९४ पुगेको छ ।

कोरोना संक्रमणबाट २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८७८ जना पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *