Sajhamanch Archive

पाकिस्तानमा बन्दुकधारीद्वारा ११ मजदूरको हत्या

Published: (Updated: ) in विश्व समाचार by .

एजेन्सी । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा अज्ञात हतियारधारीले कोइला खानीमा काम गर्ने कम्तीमा ११ मजदुरको अपहरण गरी हत्या गरेका छन् ।

प्रहरीका अनुसार खानीमा काम गर्ने मजदुरहरु आफ्नो काममा गइरहेका थिए । काममा गर्न जाँदै गर्दा केही हतियारधारीले उनीहरुको अपहरण गरेका थिए । अपहरण गरी एक पहाडी क्षेत्रमा लगेर उनीहरुको हत्या गरेका थिए ।

द एक्सप्रेस ट्रिब्युनका अनुसार यो घटना बलुचिस्तानको माछ क्षेत्रको हो । यो घटनापछि उक्त क्षेत्रमा उल्लेख्य संख्यामा प्रहरी परिचालन गरिएको छ । ५ मजदुरको घटनास्थलमा नै मृत्यु भएको थियो भने बाँकी पाँच जनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । अधिकारीहरुले दिएको जानकारीअनुसार हत्या गरिएका मजदुरहरु सिया समुदायका मानिसहरु थिए ।

बलुचिस्तानका शीर्ष अधिकारीले मृतकहरुको पहिचान गरिएको बताएका छन् । बलुचिस्तानको उक्त क्षेत्रमा केही चरमपन्थी राष्ट्रवादी गुट सक्रिय छ । तर, अहिलेसम्म कुनै पनि संगठनले यो घटनाको जिम्मेवारी लिएको छैन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *