Sajhamanch Archive

कांग्रेसले घोषणा गर्‍यो आन्दोलनका कार्यक्रम

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको विरोधमा आन्दोलनको थप कार्यक्रम घोषणा गरेको छ ।

नेपाली कांग्रेसको आइतबार बसेको केन्द्रीय समिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते गरेको प्रतिनिधिसभा विघटनको विरोधमा आन्दोलनको थप कार्यक्रम घोषणा गरेको हो ।

केन्द्रीय समिति बैठकले पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने, माघ ३ गते ७५३ स्थानीय तहमा विरोध प्रदर्शन गर्ने, माघ ८ गते स्थानीय तहको ६ हजार सात सय ४३ वटै वडामा विरोध प्रदर्शन तथा सभाको आयोजना गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

जिल्ला समितिले आफ्नो अनुकूलतामा तथा पार्टीका भ्रातृ तथा शुभेच्छुक संगठनहरुले आ-आफ्नो आवश्यकता र अनुकूलतामा जिल्ला समितिसँग समन्वय गरेर कार्यक्रम गर्ने पनि बैठकले निर्णय गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *