Sajhamanch Archive

प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठक बस्दै

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल नेतृत्वको नेकपा स्थायी कमिटीको बैठक आज बस्दै छ ।

बैठक दिउँसो १२ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । पत्नी सीता दाहालको उपचार गर्न मुम्बई जाने भएकाले अध्यक्ष प्रचण्ड भने आजको बैठकमा सहभागी हुने छैनन् ।

आइतबार बसेको बसेको स्थायी कमिटीको बैठकले सांगठनिक विषय, नेताहरुको कार्यविभाजन लगायतका विषय टुंगो लगाउन कार्यदल बनाउन प्रस्ताव गरिएको थियो । प्रवक्ता श्रेष्ठले पार्टीको सम्पूर्ण तहको कार्यविभाजन तथा जिम्मेवारीलगायत विषयलाई अन्तिम रुप दिन कार्यदल प्रस्ताव गरिएको जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *