Sajhamanch Archive

पुष्प र साम्राज्ञीको ‘रेड वाइन’को नाम परिवर्तन

Published: in गीत/संगीत/मनोरञ्जन by .

नायक पुष्प खड्का र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहने चलचित्र ‘रेड वाइन’को नाम परिवर्तन भएको छ ।

छायांकन सुरु नहुँदै यसको निर्माणपक्षले चलचित्रको नाम परिवर्तन गरेर ‘तिम्रो मेरो साथ’ राखेको छ । प्रेमकथामा आधारित रहेकाले पनि चलचित्रको नाम परिवर्तन गरिएको बताइएको छ ।

यो चलचित्रलाई रमेश एम के पौडेलले निर्देशन गर्दैछन् । चलचित्रमा निर्देशक पौडेलकै कथा, गीत र लगानी समेत रहनेछ । चलचित्रमा पुष्प र साम्राज्ञीको साथमा सन्दिप क्षेत्री, खबपु, इमिली लामा, ध्रुव दत्त लगायतको मुख्य भूमिका रहनेछ । आर्यन फिल्मस् तथा बोधी एच डी अमेरिकाको ब्यानरमा यो चलचित्र बन्न लागेको हो ।

चलचित्रमा पासाङ लामाको लगानी रहनेछ भने सह–निर्माताको रुपमा चलचित्रमा निरु भण्डारी, सुमन पौडेल र सुधिर पराजुली जोडिएका छन् । चलचित्रमा सविर श्रेष्ठको पटकथा तथा संवाद छ । चलचित्रको छायांकन नेपालमा हुनेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *