Sajhamanch Archive

भारतले प्याज निर्यात खुकुलो गर्‍यो

Published: in अर्थतन्त्र, समाज by .

काठमाडौं । भारतले प्याजको निर्यात फकुवा गरेको छ । देशमा उत्पादन बढेपछि भारतले नेपाललगायत श्रीलंका, बंगलादेश, सिंगापुरमा प्याज निर्यात खुला गरेको हो ।

भारतको केन्द्रीय सरकारले प्याजको निर्यात प्रतिबन्ध हटाएपछि नेपालमा पनि भारतीय प्याज आउने भएको छ । यसले आकासिएको प्याजको भाउ नियन्त्रण गर्ने अपेक्षा लिइएको छ ।

भारतले दसैँको मुखैमा स्थानीय बजारमा प्याजको अभावले मूल्य बढेको कारण देखाउँदै प्याज निर्यात रोकेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *