Sajhamanch Archive

४० दिनमा सकियो ‘कृष्ण-लीला’

Published: in गीत/संगीत/मनोरञ्जन by .

फिल्म ‘कृष्ण–लीला’ को सम्पूर्ण छायांकन सकिएको छ । निर्माण पक्षले दिएको जानकारी अनुसार करिब ४० दिन निरन्तर खिचेर प्याकअप भएको हो ।

मंसिर दोश्रो सातामा झापाबाट सुरु गरिएको फिल्मको आइतबार झापामै ‘इन्ड क्ल्याप’ गरिएको हो । यो फिल्मका निर्देशक दीपक ओली हुन् । ‘कृष्ण–लीला’ मा अभिनेता पुष्प खड्का कृष्ण र अभिनेत्री श्रद्धा क्षेत्री लीलाको भूमिकामा रहेको बताइएको छ ।

रोहित कट्टेलको प्रस्तुति,रत्न श्रेष्ठ कार्यकारी निर्माता तथा प्रकाश कार्की र केवल तामाङ निर्माता रहेको फिल्मको गीतमा अर्जुन पोखरेलको संगीत र रामजी लामीछानेको कोरियोग्राफी छ । लक्ष्मण सुवेदीको लेखन रहेको फिल्ममा पुष्प र श्रद्धाका साथमा बुद्धि तामाङ,रबिन्द्र झा,नवीन रेग्मी,हिउँवाला गौतम, भावना गुरुङ, आयुष गुरागाईलगायतका कलाकारले अभिनय गरेका छन् ।

आरआर फिल्मस्को ब्यानरमा निर्मित फिल्मको छायांकार शिव ढकाल हुन । झापा, इलाम र पाँचथरका बिभिन्न रमणीय स्थानमा खिचिएको फिल्मको प्रदर्शन मिति केही समयमै तय गरिने जानकारी प्रस्तुतकर्ता रोहितले दिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *