Sajhamanch Archive

५२२ जनामा कोरोना संक्रमण

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य by .

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ५२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

योसँगै देशभर संक्रमितको कुल संख्या २ लाख ६२ हजार ७८४ पुगेको छ । सक्रिय संक्रमितको संख्या ५ हजार २२५ रहेको छ ।

त्यसैगरी २४ घण्टामा ५७८ जना निको भइ डिस्चार्ज भएका छन् । यो सँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ५५ हजार ६ सय ६६ पुगेको छ ।

२४ घण्टामा कोरोनाबाट ८ को मृत्यु भएको छ र हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८९३ रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *