Sajhamanch Archive

संसद विघटनको मुद्दामा आजबाट सुनुवाइ सुरु हुँदै

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटमा आजबाट नियमित सुनुवाइ सुरु हुने भएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा आजबाट नियमित सुनुवाइ हुने भएको हो ।

पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि सो कार्य असंवैधानिक भन्द‌ै दर्जन बढी रिट परेका छन् । पुस १० गते संवैधानिक इजलासले प्रारम्भिक सुनुवाइ गर्दै आजबाट नियमित सुनुवाइ गर्ने निर्णय गरेको थियो ।

“निवेदनमा उठाइएको विषयवस्तु नेपालको संविधानको धारा ७६, (१), (७) र धारा ८५ को व्याख्यासँग सम्बन्धित भएकाले प्रस्तुत निवेदन नियमानुसार गरी संविधानको धारा १३७ (३) बमोजिम संवैधानिक इजलाससमक्ष पेस गर्नू,” प्रधानन्यायाधीश राणाको एकल इजलासले संवैधानिक इजलासमा सो मुद्दा पठाएका थिए ।

पुस १० को प्रारम्भिक सुनुवाइपछि अब नियमित सुनुवाइ हुन लागेको हो । संवैधानिक इजलासले सो मुद्दामा एमिकस क्युरीसमेत झिकाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *