Sajhamanch Archive

प्रहरीमा ३० एसपीको सरुवा, झापामा भट्टराई

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार by .

काठमाडौं । नेपाल प्रहरीका ३० जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ । प्रहरी महानिरीक्षकको निर्णय अनुसार भएको सरुवामा केही जिल्लाका प्रहरी प्रमुख पनि फेरिएका छन् ।

सरुवा सूची अनुसार झापामा सानुराम भट्टराईले जिम्मेवारी पाएका छन् । झापाका एसपी कृष्ण कोइराला महानगरीय अपराध महाशाखा, काठमाडौं गएका छन् ।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरको जिम्मेवारी एसपी उमाप्रसाद चतुर्वेदी,बारामा दिपेन्द्र शाही, धनुषामा प्रकाश रानाभाटले पाएका छन् ।

पर्सामा बेलबहादुर पाण्डे, काभ्रेमा भुपेन्द्रबहादुर खत्री, धादिङमा महेन्द्र खड्का, बाग्लुङमा लोकेन्द्र श्रेष्ठ, रौतहटमा सिद्धिविक्रम शाह र मकवानपुरमा सोमेन्द्रसिंह राठौर गएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *