Sajhamanch Archive

कोरोना थामिएको छैन, भारतमा बर्ड फ्लूको आतंक

Published: (Updated: ) in विश्व समाचार, स्वास्थ्य by .

एजेन्सी । कोरोनाको कहर अहिलेसम्म रोकिएको छैन उता भारतमा भने अर्को एउटा संकट निम्तिएको छ ।

भारतका थुप्रै राज्यमा बर्ड फ्लू फैलिएको खबर सार्वजनिक भएको छ । मध्य प्रदेश, राजस्थान, केरल, हरियाणा, हिमाचल प्रदेश र झारखण्डमा ठूलो संख्यामा पंक्षीको अचानक मृत्यु भइरहेको छ । त्यसपछि देशमा बर्ड फ्लू फैलिरहेको भनेर शंका गर्न थालिएको थियो ।

थुप्रै राज्यमा बर्ड फ्लूको खबर :

सोमबार केरल, हिमाचल प्रदेश र राजस्थानले आफ्नो क्षेत्रमा ठूलो परिमाणमा पंक्षीहरुको मृत्युको कारण बर्ड फ्लू भएको पुष्टि गरेका छन् ।

मध्य प्रदेशको कौवोंमा यसको पुष्टि भइसकेको छ । यसबाहेक गुजरात र महाराष्ट्रबाट पनि बर्डफ्लूको खबर आइरहेको छ ।

पोंग ड्याम आसपासको प्रवासी पंक्षीमा भेटियो बर्ड फ्लू :

हिमाचल प्रदेशको एनिमल हस्बेन्डरी डिपार्टमेन्टमा सिनियर भेटनरी पेथोलोजिस्ट तथा बर्ड फ्लूका नेशनल कन्सल्टेन्ट डाक्टर विक्रम सिंहका अनुसार हिमाचल प्रदेशको कांगडा जिल्लामा पोंग ड्यामको इलाका यसको एपिसेन्टर हो र सोमबारसम्म करिब २४ सय प्रवासी पंक्षीको मृत्यु भएको छ ।

उनी भन्छन्, ‘यो ड्यामको १० किलोमिटर दायरामा अलर्ट जारी गरिएको छ । तर अहिलेसम्म पोल्ट्रीमा यसको लक्षण देखिएको छैन किनभने यो इलाकामा कुनै पोल्ट्री फार्म छैन ।’

माछा र पोल्ट्रीमा रोक :

यो इलाकामा माछाको खरिद बिक्रिमा रोक लगाइएको छ । पोंग ड्याममा समातिएका माछामा यो फ्लू पंक्षीमार्फत् पुग्न सक्ने आशंका गरिएको छ ।

यसबाहेक हिमाचल प्रदेश सरकारले थुप्रै इलाकामा कुखुराको खरिद विक्रि र मासुका लागि यिनीहरुलाई काट्न रोक लगाएको छ ।

यसबाहेक पोल्ट्री उत्पादन र माछाको निर्यातमा पनि रोक लगाइदिएको छ । मध्य प्रदेशको इन्दौरमा गत हप्ता थुप्रै कागको मृत्यु भइरहेको थियो र उनीहरुमा बर्ड फ्लूको पुष्टि भएको थियो । त्यसपछि प्रशासनले बर्ड फ्लूको अलर्ट जारी गरेको हो ।

                                                                                                                           बीबीसीबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *