Sajhamanch Archive

बाबुराम भट्टराई भन्छन्- ओली इमानदार तानाशाह

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली इमान्दार तानाशाह भएको बताएका छन् ।

झापा विद्रोहपछि जेलबाट निस्केका ओली त्यसपछिका दिनमा सधैं परिवर्तन विरोधी रहेको भट्टराईको आरोप छ ।

नेकपा प्रचण्ड-नेपाल पक्षले आज काठमाडौंमा गरेको अन्तर्क्रियामा बोल्दै भट्टराईले प्रधानमन्त्री ओली गणतन्त्रदेखि संघीयतासम्मको विरोधी भएको आरोप लगाए ।

‘केपी ओली सबै परिवर्तनका विरोधी हो । नेकपाका साथीहरूले अहिलेसम्म कसरी बोकेर यहाँसम्म ल्याउनुभयो ?,’ उनले प्रश्न गरे, ‘यो कुरा उहाँले लुकाउनुभएको छैन, त्यसकारण उहाँ इमान्दार तानाशाह हो ।’

प्रधानमन्त्री ओलीले पुस ५ मा नियोजित ढंगले प्रतिनिधि सभा भंग गरेको पनि उनको भनाइ छ । अस्थिरतामा खेल्न चाहेकाहरूको मतियारका रूपमा प्रधानमन्त्री ओली देखिएको उनले बताए ।

उनले प्रतिनिधिसभा अझै पनि जीवित रहेको बताएका छन् । दुई तिहाइ सरकार चलाउन नसक्नेल अब चुनाव नगराउने पनि भट्टराईको भनाइ थियो । उनले थपे, ‘केपी ओली राजनीतिक क्यान्सर हुन् ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *