Sajhamanch Archive

स्मिथको शतकमा अष्ट्रेलिया अगाडि

Published: (Updated: ) in खेलकुद by .

एजेन्सी । भारतविरुद्धको तेस्रो टेष्टको दोस्रो दिनको समाप्तिमा अस्ट्रेलियाले २४२ रनको अग्रता बनाएको छ ।

अस्ट्रेलियाले पहिलो इनिङ्समा ३३८ रन बनाएपछि दोस्रो दिनमै पहिलो इनिङ्स सुरु गरेको भारतले २ विकेट गुमाएर ९६ रन बनाएको हो ।

भारतका चेतेश्वर पुजारा ९ र कप्तान अजिन्का रहानले ५ रनमा अविजित छन् । ओपनर शुभमन गिलले ५० रन बनाए भने रोहित शर्माले २६ रन बनाए । अस्ट्रेलियाका जोस हेजलउड र प्याट कमिङ्सले १-१ विकेट लिए ।

त्यसअघि स्टिभ स्मिथले शतकिय ईनिङ्स खेल्दा अस्ट्रेलियाले तीन सय भन्दा माथिको स्कोर बनाएको थियो । स्मिथले १३१ रन बनाए । यस्तै मार्नुस लाबुसचेनले ९१ रन जोडे । भारतका रविन्द्र जडेजाले ४ तथा जसप्रित बुमराह र नवदीप सैनीले २-२ विकेट लिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *