Sajhamanch Archive

ओली समूहको नेकपा नै आधिकारिक भएको ईश्वर पोखरेलको दाबी

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । उपप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता ईश्वर पोखरेलले केपी शर्मा ओलीले नेतृत्व गरेको समूह नै आधिकारिक नेकपा भएको दाबी गरेका छन् ।

काठमाडौंमा शुक्रबार आयोजित जनप्रतिनिधि भेलामा नेता पोखरेलले प्रधानमन्त्री ओलीले नेतृत्व गरेको समूह नै आधिकारिक नेकपा भएको दाबी गरेका हुन् ।

उनले सूर्य चिह्‍न कसको हुन्छ भन्ने कुरामा समेत द्विविधामा नपर्न आग्रह गरे । आधिकारिक नेकपा जसको हुन्छ उसैको सूर्य चिह्‍न हुने भएकाले सूर्य चिह्‍न आफूहरुकै हुने दाबीसमेत गरे । कानुनी रुपमा अल्झो टुंगिन बाँकी भए पनि अन्त्यमा ओली समूहले नै पार्टीको नाम र सूर्य चिह्‍न पाउने बताए ।

स्थानीय जनप्रतिनिधिहरुलाई सूर्य चिह्‍न जता जान्छ त्यतै जाने मनस्थिति नबनाउन पनि नेता पोखरेलले आग्रह गरे । सूर्य चिह्‍न नपाए पनि अहिलेको पद नजाने भन्दै विभाजित हुने मनस्थिति बनाउन नहुने उनको भनाइ छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *