Sajhamanch Archive

प्रचण्ड आज स्वदेश फर्कंदै

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्कंदैछन् । प्रचण्ड साँझ काठमाडौं फर्कने उनको सचिवालयले जनाएको छ ।

पुस २० मा पत्नी सीता दाहालको उपचारका लागि प्रचण्ड मुम्बइ गएका थिए । पाँच दिन मुम्बइमा पत्नीसँगै रहेका प्रचण्ड आज स्वदेश फर्कन लागेका हुन् ।

लामो समयदेखि पत्नी सीता दाहाल बिरामी छिन् । यसअघि विभिन्न अस्पतालमा उपचार गराउँदै आएको सीतालाई यसपटक मुम्बइ लगिएको हो । सीतालाई उपचारकै क्रममा छोडेर प्रचण्ड स्वदेश फर्कने उनको सचिवालयले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *