Sajhamanch Archive

३६२ जनामा कोरोना संक्रमण

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ३६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

योसँगै हालसम्म नेपालमा २ लाख ६४ हजार ५२१ संक्रमितको संख्या पुगेको छ ।

त्यसैगरी २४ घण्टामा ६९९ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ५७ हजार ९२८ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट २४ घण्टामा तीन जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९१२ जना रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *