Sajhamanch Archive

अक्षयको पारिश्रमिक १ सय ३५ करोड

Published: in गीत/संगीत/मनोरञ्जन by .

एजेन्सी । बलिउड अभिनेता अक्षय कुमारले लगालग फिल्ममात्रै खेलिरहेका छैनन् । आफ्नो फिल्मको जोखिम रकम रहन्छ र फाइदा कमाउने अवसर धेरै छ भन्ने दृष्टान्त पनि पेश गरिरहेका छन् । यसैबीच उनले आफ्नो पारिश्रमिक पनि निकै बढाएका छन् ।

मिशन मंगलको शान्दार सफलतापछि अक्षयले यस फिल्मका निर्देशक जगन शक्तिसँग मिलेर साईन्स–फिक्सन थ्रिलर मुभी गर्ने योजना बनाइरहेका छन् । जसको नाम ‘मिशन लायन’ छ ।

जगनको शल्यक्रियाका कारण फिल्म निर्माणमा केही ढिलाई अवश्य भयो, तर अब सबै अड्चन हटेको छ । यस फिल्ममा अक्षयकुमारले १ सय ३५ करोड रुपैयाँ लिनेछन् । प्रदर्शनका विभिन्न राइट्समार्फत अक्षयको यति ठूलो पारिश्रमिक उठाउन सकिने फिल्म निर्माताहरुको बुझाइ छ ।

यद्यपी, निर्देशक जगनले भने यस फिल्मबाट ४ करोड रुपैयाँमात्रै लिनेछन् । अहिले यो फिल्म प्रि–प्रडक्सनको चरणमा छ र निर्माण स्रोतका अनुसार केही दिनपछि मात्रै यसबारे औपाचारिक घोषणा हुनेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *