Sajhamanch Archive

कमल नगर जेसीजको छैटौं वार्षिक साधारणसभा सम्पन्न

Published: (Updated: ) in विविधा by .

कमल । कमल नगर जेसीजको छैटौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कमल नगर जेसीजले छोटो समयमा सफलता प्राप्त गरेको छ ।

स्थानीय १६ देखी ४० वर्ष सम्मका युवाहरुलाई समाजप्रति उत्तरदायित्व बहनगर्न सक्ने बनाएर समाज रुपान्तरणका लागी पठाउने संस्था भनेकै जेसिज भएको कार्यक्रमका प्रमुख अतिथी नेपाल जेसिजका पूर्व अध्यक्ष जेसीआई सिनेटर प्रकास अधिकारीले बताए ।

कार्यक्रममा सस्थापक अध्यक्ष जेसी रुपनारायण न्यौपाने, सस्थापक महासचिव तथा अजिवन सदस्य जेसी उमानाथ भण्डरी , पुर्व अध्यक्ष तथा निर्वाचन समिती संयोजक जेसी केदार कटुवाल र जेसी शेखर न्यौपाने लगायतले वार्षिक साधारणसभा तथा २०२१ का लागी निर्वाचत हुन लागेका नयाँ समितिलाई बधाई तथा शुभकामना दिएका थिए ।

कमल नगर जसीज वर्ष २०२०का अध्यक्ष जेसी हेम दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष तिलरुपा सुबेदी (दाहाल)ले शाब्दिक शब्द द्वारा शुभकामना मन्तव्य दिएकी दिइन् भने महासचिव गोपाल खनालले कार्यक्रम सञ्चालन गरेका थिए ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *