प्रकाश एकता कृषि सहकारीले १४ लाख ७८ हजार बढी नाफा कमायो
Published:
by .भद्रपुर । प्रकाश एकता कृषि सहकारी संस्था लिमिटेड भद्रपुर ९ को तेह्रौं वार्षिक सभा सम्पन्न गरिएको छ । संस्थाका अध्यक्ष गोपालप्रसाद श्रेष्ठको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा उक्त साधारणसभा सम्पन्न भएको हो ।
सभामा वार्षिक प्रगतिविवरण तथा आगामी नीति कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष श्रेष्ठले ४ करोड ९१ लाख ९६ हजार ६ सय ४४ रुपैयाको वार्षिक प्रगति प्रस्तुत गर्दै कृषि उत्पादनका लागि शेयर धनी लक्षित सेवा प्रवाहमा जोड दिइरहेको विवरण पेश गरेका थिए । अध्यक्ष श्रेष्ठले कोरोना कहरका कारण विगत वर्षहरूमा जस्तो बृहद कार्यक्रम गर्न नसकेको समेत अवगत गराएका थिए ।
कार्यक्रममा कोषाध्यक्ष शालिग्राम नेपालले १४ लाख ७८ हजार ७ सय ७८ रूपैया खुद नाफा गरेको विवरण प्रस्तुत गर्दै शेयर धनीलाई ७.५ प्रतिशत लाभाम्स वितरण गरेको आर्थिक प्रगति विवरण प्रस्तुत गरेका थिए ।
उपाध्यक्ष मञ्जु पोखरेलले स्वागत गरेको कार्यक्रममा उत्कृष्ट बचत कर्ता सम्मानबाट तोयाराज न्यौपाने र लक्ष्मी कार्की, कर्जा कारोवार सम्मानबाट सुमन डाँगी र दुर्गादेवी उप्रेती, उत्कृष्ट कृषक इन्द्रबहादुर भट्टराई, ज्येष्ठ सदस्य नैनाकुमारी गौतम र नन्दकिशोर राउत तथा उत्कृष्ट सञ्चालक चक्र खतिवडा र मेनुका नेपाललाई सम्मान गरिएको थियो । सचिव सन्तोष खड्का राजुले सञ्चालन गरेको कार्यक्रममा चन्द्रगढी दोश्रो खानेपानी उपभोक्ता समितिका अध्यक्ष चुडामणि मैनाली, ज्ञानोदय शिक्षक सहकारीका अध्यक्ष गोकुलराज न्यौपाने लगायतले शुभकामना राखेका थिए भने सभाले वार्षिक नीति तथा कार्यक्रम सर्वसम्मत रूपले पारित गरेको थियो ।
Comments