Sajhamanch Archive

प्रदेश १ मा २३ कोरोना संक्रमित थपिए, ३५ जना डिस्चार्ज

Published: in प्रदेश तह, स्वास्थ्य by .

विराटनगर । प्रदेश १ मा आइतबार २३ कोरोना संक्रमित थपिएका छन् । मोरङमा १०, सुनसरीमा ४, झापामा २, भोजपुर, उदयपुर, संखुवासभा, तेह्रथुम र इलाममा १-१ र प्रदेश १ बाहिरका दुईजना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश राजधानी विराटनगरमा ८, पथरीशनिश्चरे र उर्लाबारीमा १-१, सुनसरीको इटहरीमा ३ र बराह क्षेत्रमा १, झापाको गौरादह र कनकाईमा १-१, भोजपुरको स्थानीय तह नखुलेको १, उदयपुरको त्रियुगामा १, संखुवासभाको सभापोखरीमा १, तेह्रथुमको स्थानीय तह नखुलेको एक र इलामको माई नगरपालिकामा १ र प्रदेश १ बाहिरका २ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २९ हजार ९९६ पुगेको छ ।

प्रदेश १ मा आइतबार ३५ जना डिस्चार्ज भएका छन् । होमआइसोलेसनबाट ३०, मेची अस्पतालमा २, कोसी अस्पताल कोभिड १९ उपचार केन्द्र, विराट मेडिकल कलेज र नोबेल मेडिकल कलेजमा १-१ जना डिस्चार्ज भएका हुन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २९ हजार २४७ पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *