Sajhamanch Archive

अमेरिकी राष्ट्रपति ट्रम्पलाई महाभियोग लगाउने तयारी

Published: in विश्व समाचार by .

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाभियोग लगाउने तयारी भएको छ । केही दिनअघि संसद् भवनभित्र भएको हुलदङ्गा उनैले गराएको आरोपमा ट्रम्पविरुद्ध डेमोक्र्याटिक सांसदले महाभियोग लगाउने तयारी गरेका हुन् ।

डेमोक्र्याटिक पार्टीका एक नेताले यस प्रस्तावमा संसद्को तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्समा मंगलबारसम्म मतदान हुन सक्ने बताएका छन् । बीबीसीका अनुसार संसदीय दलका सचेतक जेम्स क्लाइबर्नले सीएनएनसँग महाभियोग प्रक्रिया यो साता शुरु हुन सक्ने जानकारी दिएका छन् ।

प्रक्रिया अघि बढेमा ट्रम्प अमेरिकाको इतिहासमा दुईपटक महाभियोग सामना गर्ने पहिलो राष्ट्रपति हुनेछन् । त्यसका लागि महाभियोग प्रस्ताव तल्लो संसद्ले पारित गर्नुपर्छ ।
त्यसपछि प्रक्रिया सिनेटमा जानेछ जहाँ राष्ट्रपतिलाई हटाउन दुई तिहाइ मत आवश्यक हुन्छ । तल्लो सदनका सांसद क्लाइबर्न भने १० दिनमा ट्रम्पले राष्ट्रपति कार्यालय छाड्नुअघि उनलाई महाभियोग लगाउन र सुनुवाइ गर्न सम्भव नदेखिएको बताउँछन् ।

गत बुधबार अमेरिकाको संसद् भवनभित्र बैठक चलिरहेकै बेला ट्रम्पको समर्थकको एक हुल पसेर हिंसात्मक आक्रमण गरेका थिए । जसमा परी एक प्रहरी अधिकारीसहित ५ जनाको ज्यान गएको थियो । ट्रम्पकै उक्साहटमा त्यो आक्रमण भएको भन्दै उनीवरुद्ध महाभियोग लगाउन तयारी गरिएको हो ।

यस्तो देखेपछि उनकै पार्टी रिपब्लिनका कतिपय सांसदले ट्रम्लाई राष्ट्रपतिबाट राजीनामा दिन आग्रह गर्न थालेका छन् । दोस्रो रिपब्लिकन सिनेटर प्याट टुमीले आइतबार ट्रम्पलाई राजीनामा दिन आग्रह गरेका हुन् । उनले भने, ‘मेरो विचारमा देशका निम्ति उत्तम बाटो भनेको राष्ट्रपतिले राजीनामा दिने र जतिसक्दो चाँडो टाढा जाने नै हो ।’ एजेन्सी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *